शुक्रबार, माघ १६, २०८२

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

 |  बिहीबार, माघ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

National life

त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएका हुन्।

सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा परेका थिए। चोटपछि औषधि सेवन गर्दा सुधार नआएर संक्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण उनी माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना भएका थिए।

यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

प्रकाशित: Jan 29, 2026| 21:40 बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्