बिहीबार, माघ १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बालबालिकाको अनलाइन सुरक्षा बलियो बनाउनु पर्नेमा सिविन नेपालको जोड

बालबालिकाको अनलाइन सुरक्षा बलियो बनाउनु पर्नेमा सिविन नेपालको जोड

 |  बिहीबार, माघ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०८२

काठमाडौं । बालबालिकाको अनलाइन सुरक्षालाई बलियो बनाउनु पर्नेमा सिविन नेपालले जोड दिएको छ। बुधबार काठमाडौंमा बालबालिकाको अनलाइन सुरक्षाका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै सिविनले उक्त कुरामा जोड दिएको हो।

National life

कार्यक्रममा पछिल्लो समय बालबालिका अनलाइन माध्यमबाट यौन हिंसा, बाल विवाह, बलात्कारलगायत अन्य हिंसामा पर्ने गरेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए।

सिविन प्रतिनिधि अमृतरत्न शाक्यले सिविनले देशभर सात ठाउँमा बाल हेल्पलाइन सञ्चालनमा ल्याएको र यस वर्ष हालसम्म बाल हिंसाका ३ हजार ८५ घटना दर्ता भएको जानकारी दिए। उनले बालबालिकाको क्षेत्रमा अन्य संघ संस्थाहरू पनि सक्रिय रहेकाले आफूहरूको सम्पर्कमा मात्र तीन हजार बढी पीडित आएको उनले जानकारी दिए।

'पछिल्लो समय इन्टरनेटको विकाससँगै बाल हिंसाका घटना तीव्र रुपमा बढिरहेका छन्। त्यसैले बालबालिकालाई इन्टरनेटको प्रयोग गर्दा कसरी सुरक्षित राख्ने भन्ने विषयमा अभिभावकहरूले ध्यान दिनुपर्छ,' उनले भने।

यस्तै डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै चुनौति पनि थपिँदो रहेको बताएका छन्। 'म्यासेजका माध्यमबाट, अनलाइन गेमबाटलगायत विभिन्न माध्यमबाट बालबालिकामाथि हिंसा भइरहेको छ। कतिपयले विभिन्न प्रलोभनमा पारेर अश्लित तस्बिर माग्ने र पछि त्यसैको दुरुपयोग गर्ने गरेको समेत पाइएको छ,' उनले चिन्ता व्यक्त गर्दै भने।

Laxmi sunrise bank
kumari

उनले साइबर सुरक्षा सम्बन्धि बलियो कानुन निर्माण हुनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन समेत आवस्यक रहेको बताएका छन्।

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाले बालबालिकाको डिजिटल पहुँचलाई न्यून गर्न र सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरेका थिए। उनले आफूहरूले लक्षित वर्गसम्म कसरी पुग्ने भन्ने विषयमा पनि काम गरिरहेको बताएका थिए।

नेपाल प्रहरीको साइबर ब्यूरोकी प्रहरी निरीक्षक दीपा भट्टराईले सामाजिक सञ्जाल प्रयोग गर्दा गोपनियतामा ध्यान दिन आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालको पहुँचमा पुगेको कुनै पनि कुरा गोप्य नहुने भएकाले त्यसतर्फ सजग रहन आग्रह गरेकी हुन्।

'हामी म्यासिन्जरमा गोप्य कुरा गर्‍यो ठानिरहेका हुन्छौं। त्यस्तो हुँदैन। सामाजिक सञ्जालको पहुँचमा पुगेको कुरा व्यक्तिको नियन्त्रणमा रहँदैन। त्यसैले सामाजिक सञ्जाल सञ्चालनमा सचेत हुनुपर्छ', उनले भनिन्। उनले नेपालमा अनुमति प्राप्त सामाजिक सञ्जाल मात्र चलाउन समेत आग्रह गरेकी छन्।

उनले बालबालिकाको हकमा निगरानी गर्न र अनावस्यक साइड फिल्टर गरेर मात्र चलाउन प्रेरित गर्न सुझाव दिएकी छन्।

सिविनका कार्यक्रम व्यवस्थापक माधव लोहनीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व  सिविन अध्यक्ष माधव प्रधानले गरेका थिए।

प्रकाशित: Jan 29, 2026| 15:43 बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्