बिहीबार, साउन १४, २०८३

प्राइम टाइल्सले प्राप्त गर्‍यो नेपाल गुणस्तर चिह्न

 |  बिहीबार, माघ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०८२

काठमाडौं- टायल उत्पादक कम्पनी 'प्राइम टाइल्स'ले नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई NS ६१७ को मापदण्ड बमोजिमको प्रमाणपत्र प्राप्त प्रदान गरेको हो।

योसँगै प्राइम टाइल्स नेपालको वाल (भित्ता) र फ्लोर (भुइँ) टायल क्षेत्रमा गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो स्वदेशी कम्पनी बनेको छ। विभागको प्रमाणपत्रले कम्पनीका उत्पादनहरू राष्ट्रिय गुणस्तर र मापदण्ड अनुसार परीक्षण भई स्वीकृत भएका छन्।

सन् २०२१ मा स्थापना भएको प्राइम सेरामिक्सको उत्पादन प्लान्ट रौतहटको वृन्दावन नगरपालिकामा अवस्थित छ। ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर रहेको छ। नेपालमा फ्लोर र वाल दुवै प्रकारका टायल उत्पादन गर्ने यो एक मात्र अत्याधुनिक उद्योग हो।

सीएमएस र फर्चुन भेन्चर्स जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित यस कम्पनीको देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जाल रहेको छ। 

प्रकाशित: Jan 29, 2026| 10:56 बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्