बिहीबार, साउन १४, २०८३

३ लाख १८ हजार ८ सय पुग्यो सुनको मूल्य

 |  बुधबार, माघ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०८२

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ। 

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 28, 2026| 12:22 बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्