मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एसियन थाई फुड्सले सरु गर्‍यो 'डेभिल्स खाउँ, मुम्बई जाऊँ'अभियान 

एसियन थाई फुड्सले सरु गर्‍यो 'डेभिल्स खाउँ, मुम्बई जाऊँ'अभियान 

 |  मंगलबार, माघ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०८२

काठमाडौं- एसियन थाई फुड्सले नेपाली क्रिकेट टोलीको टी-२० विश्वकप सहभागितालाई लक्षित गर्दै 'डेभिल्स खाउँ, मुम्बई जाऊँ' अभियान सुरु गरेको छ।

National life

अभियानअन्तर्गत छनोट हुने एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

आगामी फेब्रुअरी १५ मा हुने उक्त खेलका लागि छानिने विजेताको सम्पूर्ण भ्रमण खर्च कम्पनीले बेहोर्ने जनाएको छ। पुरस्कार प्याकेजमा मुम्बईको दुईतर्फी हवाई टिकट, खेलको प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ, विमानस्थल ट्रान्सफर, सिटी टुर र रङ्गशाला आउजाउको यातायात खर्च समावेश छ।

अभियानमा सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक सामाजिक सञ्जाल पेज फलो गरी सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्ने र तीन जना साथीलाई ट्याग गर्नुपर्ने प्रावधान राखिएको छ।

एसियन थाई फुड्सका निर्देशक आशिष जाजुले नेपालको विश्वकप छनोटलाई उत्सवका रूपमा मनाउन र समर्थकलाई रङ्गशालामै पुगेर इतिहासको साक्षी बन्ने अवसर दिन यो अभियान ल्याइएको जानकारी दिए। क्रिकेटमार्फत समर्थकहरूलाई नेपाली टोलीसँग जोड्ने उद्देश्यले यो प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको उनले बताए।

Shivam cement

प्रकाशित: Jan 27, 2026| 11:20 मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्