बिहीबार, साउन १४, २०८३

सानिमा बैंकका नयाँ सीईओ आचार्यले सम्हाले कार्यभार

 |  मंगलबार, माघ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०८२

काठमाडौं- सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कार्तिक २४ गतेको निर्णयअनुसार उनी सीईओ नियुक्त भएका थिए।

यसअघि बैंकको वरिष्ठ नायव सीईओ रहेका आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमा आवद्ध छन्। उनले बैंकका १० भन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्।

संयुक्त राज्य अमेरिकाबाट स्नातकोत्तर र भारतबाट इन्जिनियरिङमा स्नातक गरेका आचार्यसँग बैंकिङ्गका साथै इन्जिनियरिङ र प्राध्यापनको समेत अनुभव छ। उनी सानिमा क्यापिटलको अध्यक्ष समेत रहिसकेका छन्। आचार्यको अनुभव र नेतृत्वबाट थप सफलता पाउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रकाशित: Jan 27, 2026| 11:15 मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्