मंगलबार, माघ १३, २०८२

नेपाल टेलिकमको 'विन्टर अफर' यस्ता छन सुविधाहरु

 |  मंगलबार, माघ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०८२

काठमाडौं- नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको 'विन्टर अफर' ल्याएको छ। माघ ११ गतेदेखि लागू भएको अफर आगामी ९० दिनसम्म उपलब्ध रहने टेलिकमले जनाएको छ।

National life

टेलिकमका अनुसार यसअघि उपलब्ध 'अटम अफर' अन्तर्गतका लोकप्रिय प्याकेजहरूलाई पनि यस अफरमा निरन्तरता दिइएको छ। अफरअन्तर्गत एनटी-एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, डाटा प्याक, अनलिमिटेड प्याकेज, र एफटीटीएच प्याकेजहरू यथावत् राखिएका छन्। 

साथै, फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज र नमस्ते वाइफाइ प्रयोगकर्ताका लागि बन्डल प्याकेजहरू समेत उपलब्ध गराइएको छ।

अफरमा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध सजिलो अनलिमिटेड प्याकेजुलाई रिकरिङु प्याकेजको रूपमा परिमार्जन गरिएको छ। यो व्यवस्थासँगै अब हरेक महिना प्याकेज नवीकरण गरिरहनुपर्ने झन्झट हुनेछैन र प्याकेज स्वतः नवीकरण हुनेछ।

प्याकेज लिन *1415# डायल गर्नुपर्नेछ। यस्तै, नेपाल टेलिकमु मोबाइल एप र टेलिकमको आधिकारिक वेबसाइटमार्फत पनि सेवा खरिद र विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2026| 11:11 मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्