सोमबार, माघ १२, २०८२

राष्ट्रिय वाणिज्य बैंकद्वारा डिजिटल ऋण सेवा सुरु

 |  सोमबार, माघ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०८२


काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड  (RBBL) को ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै  RBB Digital Sansar मोबाइल बैंकिङ एपमार्फत 'RBB Foneloan' नामक नयाँ डिजिटल ऋण सेवा सुरु गरेको छ। यो डिजिटल कर्जा सेवा Foneloan Pvt. Ltd. द्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुरु गरेको छ ।

National life

यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई रु. १,००,००० सम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यो सेवा छिटो, सरल र सहज रूपमा औपचारिक ऋण पहुँच सुनिश्चित गर्न लक्षित गरिएको हो।

ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन्। ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी (EMI) मार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन्। साथै, पूर्वभुक्तानी सुविधा पनि उपलब्ध छ।

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले RBB Digital Sansar एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन्। योग्य ग्राहकहरूले RBB Digital Sansar एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन्।

उक्त सेवा बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालले शुभारम्भ गर्नुभएको हो। RBB Foneloan  कर्जा सेवाका बारेमा उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख श्री भोलानाथ पौड्यालले भन्नुभयो, 'RBB Foneloan सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल ऋण समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो। प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो।'

Laxmi sunrise bank
kumari

RBB Foneloan सेवाको सुरुवातले राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्रालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
 

प्रकाशित: Jan 26, 2026| 10:16 सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्