बिहीबार, साउन १४, २०८३

बहुउपयोगी डिजिटल प्लेटफर्म 'नेपा-एप' सार्वजनिक

 |  सोमबार, माघ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०८२

काठमाडौं- बहुउपयोगी डिजिटल प्लेटफर्म 'नेपा-एप' सार्वजनिक भएको छ। आकर्षक डिजाइन, प्रयोगकर्ता-मैत्री इन्टरफेस र उच्च सुरक्षा फिचरसहितको एप स्लो इन्टरनेटमा समेत द्रुत गतिमा चल्ने गरी निर्माण गरिएको दाबी छ।

एउटै प्लेटफर्मबाट बहुपक्षीय सुविधा दिने उद्देश्यले ल्याइएको एपमा पञ्चाङ्गसहितको नेपाली पात्रो, विश्वसनीय स्रोतका ताजा समाचार र जिल्लागत अपडेटहरू समावेश छन्। विशेषगरी प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाबारे जानकारी दिने 'नियर बाई न्यूजु' यसको मुख्य आकर्षण हो।

सूचनाका साथै मनोरञ्जनलाई समेत प्राथमिकता दिँदै एपमा देशभरका एफएम रेडियो सुन्न सकिने व्यवस्था र छोटा भिडियो (रिल्स) हरू राखिएको छ। एप स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि भरपर्दो र सुरक्षित सूचनाको माध्यम बन्ने विश्वास लिइएको छ।

प्रकाशित: Jan 26, 2026| 09:53 सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्