शुक्रबार, चैत २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा १७ औँ वर्षमा प्रवेश,गर्‍यो तीन नयाँ सुविधा सार्वजनिक

इसेवा १७ औँ वर्षमा प्रवेश,गर्‍यो तीन नयाँ सुविधा सार्वजनिक

 |  सोमबार, माघ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०८२

काठमाडौं- भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ देखि औपचारिक सेवा सुरु गरेको इसेवाले आफ्नो वार्षिकोत्सवलाई 'इन्नोभेसन डे'का रूपमा मनाउँदै तीन वटा नयाँ डिजिटल सुविधाहरू सार्वजनिक गर्यो।

National life

डिजिटल अर्थतन्त्रको विस्तारमा योगदान दिँदै आएको इसेवाले १७ औँ वर्ष प्रवेशका अवसरमा दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ताका लागि ‘टकब्याक’ सुविधा ल्याएको छ। जसले प्रयोगकर्तालाई आवाजका माध्यमबाट एप चलाउन र भुक्तानी गर्न सहज बनाउनेछ। 

भुक्तानी प्रक्रियालाई थप द्रुत बनाउन बायोमेट्रिक प्रमाणीकरणमा आधारित ‘इन्टेन्ट(बेस्ड पेमेन्ट’ र प्रयोगकर्ताहरूबीच समूहमा संवाद तथा बिल बाँडफाँड गर्न सकिने ‘इसेवा सर्कल च्याट’ सुविधा पनि थप गरिएको छ।

वार्षिकोत्सव समारोहमा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नियामक निकाय र सरोकारवालाहरूसँगको सहकार्यमा सेवालाई अझ सुरक्षित र पहुँचयोग्य बनाउन कम्पनी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले १७ वर्षे यात्राले नेपाली कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको पुष्टि गरेको बताउँदै आगामी दिनमा प्रयोगकर्ताको आवश्यकता अनुसार थप नवप्रवर्तनकारी सेवाहरू ल्याउने जानकारी दिए।

हाल इसेवा टपअप, युटिलिटी बिल, टिकट बुकिङ र बिमा लगायतका विविध वित्तीय सेवाका लागि नेपालीहरूको दैनिक डिजिटल माध्यम बनेको छ।

kumari

प्रकाशित: Jan 26, 2026| 09:49 सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्