बिहीबार, साउन १४, २०८३

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

 |  आइतबार, माघ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०८२

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ। 

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: Jan 25, 2026| 11:32 आइतबार, माघ ११, २०८२
प्रतिक्रिया दिनुहोस्