आइतबार, भदौ १४, २०८३

सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेमा प्रेम तथा वियोगको कथा

 |  शुक्रबार, माघ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०८२

काठमाडौं । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ।

सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छे गीतमा प्रेम तथा वियोगको कथालाई नजिकबाट केलाइएको छ। 

गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आफूलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन्। 

नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो। पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो।

प्रकाशित: Jan 23, 2026| 18:52 शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्