बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल

 |  बुधबार, माघ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०८२

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए। 

'बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,' उनले भने। कार्यकारी निर्देशक डा रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए।

निमित्त कार्यकारी निर्देशक  पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख हुन्। मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार उहाँलाई बोर्ड र नीति तथा योजनामा महाशाखा दुवै हेर्ने गरी जिम्मेवारी तोकिएको छ।

प्रकाशित: Jan 21, 2026| 20:16 बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्