बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोलकाता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा भ्याली भ्यु स्कुलका दुईसहित चार नेपाली नाटक

कोलकाता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा भ्याली भ्यु स्कुलका दुईसहित चार नेपाली नाटक

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२

काठमाडौं । बुधबारदेखि सुरु भएको चौथो कोलकाता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा चार वटा नेपाली नाटक देखाइने भएको छ।

महोत्सवमा भ्याली भ्यु स्कुलका तर्फबाट राजन भुजेल (छुनुमुनु)को निर्देशनमा जुठो र रामबाबु रेग्मीको निर्देशनमा जीवन-मरण नाटक प्रदर्शन हुन लागेको हो। यस्तै पुष्पराज अवस्थीको लेखन तथा निर्देशनमा ‘पार्वती’ र प्रभाकर न्यौपानेको लेखन तथा निर्देशनमा ‘घाँसी को?’ शीर्षकका नाटक मञ्चन हुँदै छन्।

रंगकर्मी पुष्पराज अवस्थीको लेखन तथा निर्देशन रहेको नाटक ‘पार्वती’मा भक्तपुरको बालकोटस्थित मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले अभिनय देखाउने छन्।

कोलकाता ईसो नाटक सिखीले आयोजना गर्न लागेको नाटक महोत्सव पुस ३० गतेदेखि सुरु भएर माघ २ गते समापन हुनेछ। महोत्सवमा यसपालि नेपाल, भारत, श्रीलंका, बंगलादेश, मेक्सिको, जापान, रसिया र चेक गणतन्त्रसहित ८ वटा देश सहभागी हुँदैछन्

photo-5_4d918764-1768402757.jpeg
 

प्रकाशित: Jan 14, 2026| 20:44 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्