मुम्बई – १९५४ मा प्रदर्शित हिन्दी कालजयी फिल्म ‘मिर्जा गालिब’ मा सुरैयाले नवाब जानको भूमिका निर्वाह गरेकी छन्। उनी मिर्जा गालिबलाई निकै माया गथिन्। फिल्ममा गालिबका पाँच गजलमा सुरैयाले आफ्नो आवाज दिएकी छन्।
सुरैयाको आवाजमा मात्र होइन, आँखामा पनि त्यस्तो जादु छ । त्यसैले उनी गीत गाउनेबित्तिकै सबैको मनमा तरंग पैदा गरिदिन्थिन्। त्यति बेला भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु थिए। उनले पनि सुरैयाले गाएका गजल सुनेका थिए। उनका गजल सुन्नेबित्तिकै जवाहरलाल पनि ‘फिदा’ भएका थिए।
नेहरुले यस कुराको खुलासा एक समारोहमा सुरैयासँग भेट भयो। उनले उक्त कार्यक्रममा भनेका थिए, ‘सुरैया म तपाईंको स्वरको दिवाना हुँ ।’
१९२९ जुन १५ मा जन्मिएकी सुरैयाको २००४ जनवरी ३१ म मृत्यु भएको थियो। उनले ४०–५० को दशकमा हिन्दी फिल्ममा योगदान पुर्याएकी छन्। फिल्म इन्डस्ट्रीमा आउनुभन्दा पहिले धमेन्द्रा सुरैयाका जबरजस्त फ्यान थिए। उनले सुरैयाद्वारा अभिनित फिल्म ‘दर्द’ लाई ४० पटक हेरेका थिए। तर, सुरैया देवआनन्दकी फ्यान थिइन्। सुरैयाकी हजुरआमाले देवआनन्दसँग बिहे गर्न नदिए पनि उनी जीवनभर बिहे नगरेर बसिन्। देव र सुरैयाको पहिलो भेट फिल्म ‘विद्या’ को सुटिङका क्रममा भएको थियो। पहिलो भेटमै देवले सुरैयासँग आफ्नो परिचय दिने क्रममा भनेका थिए, ‘सबै मलाई बोलाउँदा देव भनेर बोलाउँछन्। तपाईं के भनेर बोलाउनु हुन्छ ?’ सुरैयाले भनेकी थिइन्– ‘देव’।
देवानन्दले आफ्नो आत्मकथामा ‘रोमान्सिङ विद लाइफ’ मा लेखेका छन्, ‘विद्या’ को सुटिङका क्रममा सुरैयाले मलाई पछाडिबाट अँगालो मारेकी थिइन्। मैले उनको सासको गर्माहट महसुस गरेको थिएँ। मैले उनको हातमा चुम्नुका साथै उनी तर्फ फ्लाइङ किस पनि गरेको थिएँ।
उनले सुरैयाले पनि आफ्नो हातको पछाडि चुमेर यसको उत्तर दिएको उल्लेख गरेका छन्। ‘निर्देशकले खुसी हुँदै ग्रेट सर्ट भनेका थिए’, पुस्तकमा उल्लेख छ, ‘तर, हामीबीच प्यारको सिलसिला सुरु भएको थियो।’ उनीहरुबीच पहिलो देखाइमै प्यार भइसकेको थियो।
उनीहरुले एकअर्काको नाम पनि राखेका थिए। सुरैयाले देवको नाम स्टेभ राखेकी थिइन् भने देवले सुरैयाको नाम नोइजी राखेका थिए। जब उनीहरुको नामको चर्चा बलिउडमा फैलियो । त्यसपछि सुरैयाकी हजुरआमालाई मन परेन र सुरैयालाई देवआनन्दको घर जानबाट रोक लगाइदिन्। त्यसपछि सुरैया फिल्मको सुटिङबाहेक अन्य समयमा देवसँग भेट्न पाउँथिनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४