बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षीय निर्णय

धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षीय निर्णय

 |  मंगलबार, पुस २२, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०८२

जनकपुर । धनुषाको कमलानगरपालिकामा भएको मस्जिद तोडफोड विवाद देशव्यापी चर्किरहेको बेला जनकपुरधाममा सर्वपक्षिय बैठक बसेर सद्भाव कायम गर्ने निर्णय गरिएको छ।

मंगलबार (आज) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव र एकता कायम गर्न सबै पक्षबाट आवश्यक समन्वय, सहयोग र द्वन्द्व न्यूनकिरणका लागि सकृय रुपमा लाग्ने निर्णय गरिएको छ।

सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरुले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए।

उनले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारबाही हुने प्रतिबद्धता जाहेर गरे। लुइटेलले अपशब्द प्रयोग गरी हिन्दू धर्म प्रति टिप्पनी गरेर टिकटक भिडियो बनाउने माथि पनि कानुन बमोजिम सजाय हुने बताए।

उनले धनुषाबाट सुरु भएको दुबै समुदायबीचको द्वन्द्व देशभर फैलिसकेकोले अब सबैलाई शान्त हुन आग्रह गरे।

kumari

प्रकाशित: Jan 06, 2026| 18:56 मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्