आइतबार, फागुन २४, २०८२

सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

बागमती । हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ।

National life

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हँुदा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी छ।

प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Jan 04, 2026| 20:41 आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्