काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-१ स्थित चण्डेश्वरी माविको लाइब्रेरी र रिसर्च इन्हेन्समेन्ट प्रोजेक्टका लागि भन्दै काव्य खतिवडाले सहयोग प्रदान गरेका छन्।
उनले विभिन्न पुस्तकहरू, विद्यार्थीका लागि न्यानो लुगा, प्रोजेक्टर लगायत सामग्री सहयोग गरेका हुन्।
आफ्ना बुबा कुमार खतिवडाले अध्ययन गरेको उक्त विद्यालयमा विद्यार्थीको पठनपाठनमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको उनले बताए। उनले १५ वर्षीय काव्यले गाउँमा अप्ठ्यारोमा परेका र आर्थिक अवस्था कमजोर रहेकाहरूलाई पनि बेलाबखत सहयोग गर्दै आएका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश खतिवडा, कमलामाई नगरपालिकाका अध्यक्ष उपेन्द्र पोखरेल, प्रिमियर इन्टरनल आइबी स्कुलका निर्देशक पवित्रा लिम्बु र बसन्त थापा, कृषि विकास बैंकका प्रतिनिधि अनिल पोखरेल, हरिराज थपलिया र सिंहलाल बम्जनलगायतको सहभागीता रहेको थियो। कार्यक्रममा मानिसहरूको उल्लेख्य सहभागिता रहेको थियो।