बिहीबार, साउन १४, २०८३

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

 |  सोमबार, पुस १४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०८२

काठमाडौं। प्रहरीले काठमाडौंको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरङ, लेटाङ नगरपालिका–४ बस्ने २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, 'नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाको आधारमा हाम्रो टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको हो।'

पक्राउ परेकाहरुको साथबाट सिएफ ९८–९००००३३०८२३७ र सिएफ ९८–९०००१११०८२३६ नम्बरको सिएफ–९८ पेस्तोल, उक्त पेस्तोलको म्यागजिन तीन थान, गोली दुई थान तथा गोलीको खोका दुई थान बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: Dec 29, 2025| 19:51 सोमबार, पुस १४, २०८२
प्रतिक्रिया दिनुहोस्