काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका–२, राजाबारी चोकमा अवस्थित मनकामना माता सप्लायर्सले घर तथा भवन निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री तथा मेसिनरी सेवा एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ।
स्थानीयदेखि क्षेत्रीयस्तरसम्म निर्माण क्षेत्रमा सक्रिय रहँदै आएको यस सप्लायर्सले गुणस्तरीय सामग्री, उचित मूल्य र समयमै सेवा प्रदान गर्दै आएको हो।
मनकामना माता सप्लायर्समा घर निर्माणका लागि आवश्यक पर्ने बालुवा, गिट्टी, ढुंगा, सिमेन्ट, रिङ, ब्लक, माटोलगायत सामग्री सहज रूपमा उपलब्ध छन्।
व्यक्तिगत घर निर्माण, व्यावसायिक भवन, गोदाम, पर्खाल तथा अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री ग्राहकको मागअनुसार आपूर्ति गरिन्छ। गुणस्तरमा कुनै सम्झौता नगरी विश्वसनीय सेवा प्रदान गर्नु नै यसको मुख्य विशेषता रहेको छ।
यसका साथै, निर्माण कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउन भाडामा उपलब्ध गराइने जेसीबी, ट्रक, ट्र्याक्टर, हाइवालगायतका भारी सवारी साधन तथा मेसिनरी सेवाहरू पनि यहाँ उपलब्ध छन्। दक्ष चालकसहितको सेवा प्रदान गरिने भएकाले सडक निर्माण, जग खन्ने, माटो व्यवस्थापन तथा ढुवानी कार्यमा ग्राहकहरूलाई ठूलो सहयोग मिल्दै आएको छ।
रुपन्देही जिल्ला तथा आसपासका क्षेत्रका निर्माण व्यवसायी, ठेकेदार र सर्वसाधारण उपभोक्ताहरूका लागि मनकामना माता सप्लायर्स एक भरोसायोग्य गन्तव्यको रूपमा परिचित हुँदै गएको छ।