शुक्रबार, साउन १, २०८३

म पुस्तक हातमा राख्दा भुसुक्क निदाउँछु : दिपकराज गिरी

 |  शुक्रबार, मंसिर २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । हास्य कलाकार दिपकराज गिरीले पुस्तक प्रेम रहे पनि पढ्ने बाँनी कम रहेको बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले आफू मानिस पढ्न चाहने तर जति तनाव भए पनि पुस्तक हातमा राख्दा भुसुक्कै निदाउने गरेको बताएका छन्।

'अहिले पनि किताव पढ्न खास रमाइलो लाग्दैन। सुन्न र हेर्न मन पराउँछु। त्यसैले पुस्तक पढ्न भन्दा जीवन पढ्न रमाइलो लाग्छ,' उनले भने।

फरक प्रसंगमा उनले मृत्युको क्षणमा पनि कसरी मर्ने भनेर सिकिरहेका जीवन के हो भनेर नसोध्न उनले आग्रह गरे। उनले प्रत्येक व्यक्तिको जीवन भोगाइ फरक फरक हुने भएकाले जीवनको परिभाषा पनि भिन्न हुने बताएका छन्।

'म कमजोर विद्यार्थी। म निकै भाग्थे। म महिनामा पाँच दिन मात्र स्कुल जान्थेँ। एक पटक स्कुलले सम्मान गर्दा मसँग भन्ने शब्द थिएन। मलाई एक जना मिसले निकै पिट्नु हुन्थ्यो। उहाँलाई सम्झदै मैले उहाँको पिटाइले राम्रो पढ्दा राम्रो नम्बर आउथ्यो। र, आज मेरो राम्रो लेखनी हुनुको कारण नेपाली राम्रो भएरै होला भनेर उहाँलाई सम्झेको थिएँ। त्यसैले जीवनमा पढाइको ठूलो महत्व छ', उनले भने।

प्रकाशित: Dec 12, 2025| 14:50 शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्