शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दल विभाजनसम्बन्धी अध्यादेश तयार, ४० को ठाउँमा २५ प्रतिशतले दल फुट्ने

दल विभाजनसम्बन्धी अध्यादेश तयार, ४० को ठाउँमा २५ प्रतिशतले दल फुट्ने

एक नेताले नेपाल समयसँग भने, ‘खासगरी एमालेभित्रको माधव नेपाल समूहसँग छलफल गरेर अध्यादेशको तयारी गरिएको हो।’
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– सरकारले दल विभाजनसम्बन्धी अध्यादेश तयार पारेको छ। अध्यादेश भरसक आजै ल्याउने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादु देउवा निकट सूत्रहरुले बताएका छन्।

‘गठबन्धनका दलहरुको चाहना र मौजुदा राजनीतिक परिस्थितिलाई मध्येनजर राख्दै प्रधानमन्त्री देउवाले यस्तो तयारी गर्नुभएको हो’, देउवा निकट एक नेताले नेपाल समयसँग भने, ‘खासगरी एमालेभित्रको माधव नेपाल समूहसँग छलफल गरेर अध्यादेशको तयारी गरिएको हो।’

देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिने छ। अहिले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ।

‘माधव नेपाल समूहले अहिले भएको प्रावधान अनुरुप दल विभाजन गर्न अफ्ठेरो पर्ने भएकाले उहाँहरुलाई सहज हुनेगरी २५ प्रतिशतले दल विभाजन गर्न सक्नेगरी संसोधन गरिएको छ’, ती नेताले भने, ‘तयार भएको अध्यादेश छिटोभन्दा छिटो राष्ट्रपतिकोमा पठाइने छ।’

अध्यादेश ल्याउनकै लागि  सरकारले हिजो सोमबार नै संसदको चालु अधिवेशन पनि अन्त्य गरिसकेको छ।

उता,अध्यादेश आउने सुइँको पाएपछि एमालेको ओली समूहले छलफल सुरु गरेको छ। सोमबार राती एमाले अध्यक्ष केपी ओलीले एक अपील जारी गर्दै ‘दल टुक्राउने षडयन्त्र क्षम्य नहुने’ चेतावनी दिइसकेका छन्।

यही विषयमा थप छलफल गर्न र रणनीति बनाउन एमालले मंगलबार विहान स्थायी कमिटी र दिउँसो पार्टी संसदीय दलको बैठक बोलाइएको छ। संसदीय दलको बैठकमा नेपाल पक्षीय नेताहरूलाई पनि बोलाइएको छ।

२०७७ बैशाख ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रिय समिति या संसदीय दल दुई मध्ये एउटामा ४० प्रतिशत भए पार्टी फुटाउन सकिने गरि अध्यादेश ल्याएका थिए। तर दलभित्र र बाहिरबाट अध्यादेशको चर्को आलोचना ओली पछि हटेका थिए। 

गठबन्धनका नेताहरुको आइतबार भएको एक बैठकमा अध्यादेशबारे सहमति बनेको बताइएको छ। एमालेको माधव समूहसमेत सहभाग सो बैठकमा सरकारमा सहभागी हुनका लागि मार्ग प्रसस्त गर्न सो समूहलाई सहज हुनेगरी अध्यादेश ल्याइनुपर्नेमा सहभागी दलका नेताहरुले जोड दिएका थिए। 


प्रकाशित: Aug 17, 2021| 09:34 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...