शुक्रबार, मंसिर २६, २०८२

‘सिमयोन सिम्फोनी’ कविता संग्रह विमोचन

 |  शुक्रबार, मंसिर २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । सिक्किमका कवि सिमयोन सुकिता राईको ‘सिमयोन सिम्फोनी’ कविता संग्रह विमोचन भएको छ। 

National life

किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कविता संग्रह विमोचन भएको हो। कवितासंग्रहलाई कवि राईस“गै कवि विप्लभ प्रतीक, पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन्। कवितासंग्रहलाई कथालय इन्कको वी रिडले प्रकाशन गरेको हो।  नया“ पुस्ताले साहित्य र सिर्जना नबिर्सिउन् भन्ने उद्देश्यले सुरु गरेको पोएट आइडलबाट सिमयोन जस्ता नयाँ पुस्ता आउँदा निकै राम्रो भएको भन्दै निर्देशक अधिकारीले खुसी व्यक्त गरे। 

संग्रहमाथि निर्देशक अधिकारीले कवि राई र कवि प्रतीक छोटो विमर्श गरे। विमर्शमा सबैले पोएट आइडलको यात्रा र अनुभवहरुलाई समेत स्मरण गरे। 

पोएट आइडल जस्ता मञ्चबाट नाम र पहिचान पाएको सुनाउ“दै कवि राईले अधिकारीप्रति आभार व्यक्त गरे। ‘पोएट आइडलबाट मैले नाम र परिचय पाएको छु’, उनले भने, ‘यसभन्दा अघि आफ्नो मर्जीमा कविता लेखेको थिएँ। कविता भयो या भएन, त्यो पनि हामीलाई थाहा थिएन। पोएट आइडलमा एउटा विषयमा कविता लेख्न च्यालेन्ज थियो। त्यसमा हामीले सिक्न पायौं।’ 

कविता लेख्ने मात्र होइन, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे पनि थोरै समयमा सिक्न अवसर पाएको राईले सुनाए। नौ वटा धारहरुमा विभाजित रहेको संग्रहमा जीवनका भोगाइहरु, सिक्कमको संस्कृति, रहनसहन, परिवेशलाई समेटिएको कवि राईले सुनाए। 

Laxmi sunrise bank
kumari

लेखनमा हरेक लेखकको अनुभव, आञ्चलिकता भएपनि सिर्जनामा लेखकहरु संवेनशील हुनुपर्ने बताउँदै प्रतीकले त्यसमा सिकाई र सोचाई दुवै हुनुपर्ने कवि प्रतीकले बताए। 

प्रतीकले सिर्जनामा सीमितता नहुने सुनाउँदै यो विश्वव्यापी रुपमा जानुपर्ने धारणा राखे। 

कार्यक्रममा कवि राईले ‘आमाको हाँसो’ शीर्षकको कविता समेत वाचन गरेर सुनाए।

प्रकाशित: Dec 12, 2025| 11:55 शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्