शुक्रबार, साउन १, २०८३

किताब जात्रामा कवितामा पोखिए नायक नाजिर

 |  बिहीबार, मंसिर २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०८२

काठमाडौं । नायक नाजिर हुसेन बहु प्रतिभाशाली व्यक्ति हुन्। उनमा अभिनयका साथै मिठो बाचन कला छ।

किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा योजित किताब जात्रा कार्यक्रममा बिहीबार नाजिरले मिठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याएका छन्।

उनले कवितामार्फत आमा र बुबाको सपनाको संगालो प्रस्तुत गरेका थिए।

हाम्रो घरमा
आमाजीको पुरानो थैली छ
पुरानो छ तर छ
फोटो एल्बममा
बुबाको काटेको
स्याम स्वयत थैली छ भन्दै उनी कवितामा पोखिएका थए।

उनको मिठो कविता वाचन शैली र पार्स्वमा गुन्जिरहेको बासुरी तथा मादलको सुरिलो धुनले दर्शकको मन छोएको थियो। सबैले गडगड तालिको गडगडाहट बजाइरहेका थिए।

उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गरे।

प्रकाशित: Dec 11, 2025| 12:52 बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्