सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • संवाद
  • विश्व शान्ति कार्यक्रमका माध्यमबाट विश्वमा शान्ति सन्देश प्रवाह गर्न चाहन्छौं : निकेश अधिकारी

विश्व शान्ति कार्यक्रमका माध्यमबाट विश्वमा शान्ति सन्देश प्रवाह गर्न चाहन्छौं : निकेश अधिकारी

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ। यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेका छन्। कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरू समेत सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ। यसै विषयमा केन्द्रित रहेर आज हामीले लुम्बिनी र रामाग्राममा हुने विश्व शान्ति कार्यक्रम तेस्रो संस्करणका निर्देशकसमेत रहेका द प्रमिश ल्याण्ड फाउण्डेशन अध्यक्ष तथा नेपाल नेपाल ट्रेजर कार्बनका अध्यक्ष निकेश अधिकारीसँग सम्वाद गरेका छौं

National life

विश्व शान्ति कार्यक्रम तेस्रो संस्करणको तयारी कस्तो भइराछ?

हामी एकदमै राम्रो तयारीका साथ अगाडि बढिरहेका छौं। सञ्चारकर्मीले देशभर नै सकारात्मक रुपमा कार्यक्रमको उद्देश्यबारे समाचार प्रवाह गरिरहनु भएको छ। त्यसले पनि कार्यक्रमको माहोल निर्माणमा थप ऊर्जा थप्ने काम गरेको छ। डिसेम्बर सात तारिकबाट नै विदेशबाट मानिसहरू आउने क्रम सुरु हुनेछ। कार्यक्रममा विदेशबाट मात्रै तीन सय बढी सहभागी हुने कार्यक्रम छ। बैंककदेखि लुम्बिनीसम्मको उडान भएकाले कतिपय मानिसहरू त्यो मार्ग प्रयोग गरेर आउनु हुनेहो भने कतिपय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि आउनु हुन्छ। हामीले कपिलबस्तुका १७ पालिकाकै प्रमुखहरूलाई भेटेर उहाँहरूको सहभागिताका लागि आमन्त्रण गरिरहेका छौं। स्थानीय व्यापारि र उद्यमीहरूलाई पनि कसरी जोड्ने भनेर हामीले काम गरिरहेका छौं।

‘फच्र्यून जेनेरेसन’का २५ अर्बपतिको सहभागिताले विश्व शान्तिका लागि कस्तो भूमिका खेल्छ?

दुई जनासँग हाम्रो प्रत्येक्ष रुपमा लुम्बिनीमै संवाद हुनेछ। कार्बन कम्पनीसँगको सहकार्यमा हामीले कपिलबस्तुमा सुधारिएको चुलो कार्यक्रम सञ्चालनमा गरिरहेका छौं। हाम्रो पश्चिम जेनेरेसको अध्यक्ष मार्किम हाइमसँग लुम्बिनिको प्रचार र विकास कसरी गर्ने भन्ने विषयमा काम गरिरहनु भएको छ। उहाँहरूले दुई ओटा मेयरलाई चाइना लगेर त्यहाँका ठूलाठूला गुम्बामा लगेर कसरी स्थानीय सरकारलाई विकास साझेदार बनाउन सकिन्छ भन्ने कुराको ज्ञान प्रदान गर्नु भएको छ।

Laxmi sunrise bank
kumari

एउटा थाई भिच्छुले हामी लुम्बिनी जस्तो ठाउँमा बसेर जुन शान्ति पाउँछौं, त्यो भाइब्रेट भएर जो मान्छे त्यहाँ आउँछ उसले त्यहाँको प्रचार गर्छ। विलिनियर आउँदा फर्किसकेपछि लुम्बिनीमा आउँदा जुन खालको शान्ति पाउँछ त्यसको प्रचार गरेमा उसको हैसियतकै मानिस लुम्बिनीमा आउने सम्भावना रहन्छ।

स्थानीयको प्रतिनिधित्व पनि राम्रै रहन्छ?

स्थानीयको प्रतिनिधित्व एकदमै राम्रो रहन्छ। २०२३ मा हामीले स्थानीयको अपेक्षित प्रतिनिधित्व गराउन सकेका थियौं। कार्यक्रम गर्दा हामीले धेरै मानिस काठमाडौंबाट ल्यायौं। अन्य मुलुकबाट पनि प्रतिनिधि आउनु भयो। तर, यहाँको स्थानीय मानिसले केही हासिल गर्न पाउनु भएन। ठूला मानिस आए, कार्यक्रम सकेर गए भन्ने मात्र रह्यो। यस पटकको कार्यक्रममा त्यस्तो गल्ती नहोस् भनेर हामी अगाडि नै आएर कार्यक्रमको तयारी गरिहेका छौं। कपिलवस्तुका १७ वटै पालिकासँग समन्वय गरिरहेका छौं। उहाँहरूलाई स्थानीय तहको उल्लेख्य सहभागिताका लागि आग्रह गरिरहेका छौं। स्टल राखेर हुन्छ कि वा के खालको कार्यक्रममा कस्तो योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा हामीले संवाद गरिरहेका छौं।

जेनजी आन्दोलनपछि देशमा चुनावको लहर चलेको छ। यहीबेला तपाईंहरूले शान्तिको अपेक्षा सहित लुम्बिनीमा कार्यक्रम गर्दै हुनुहुन्छ। विश्व शान्ति कार्यक्रमले देशको अहिलेको परिस्थितिलाई कसरी कनेक्ट हुन्छ?

संसारमा नेपालीहरू शान्ति रुचाउने नागरिक भएको पहिचान छ। नेपाल मात्र नभएर विश्वमै अशान्ति छ। यसलाई काटेर विश्व शान्ति कार्यक्रमको माध्यमबाट हामी विश्वमा शान्तिको सन्देश प्रवाह गर्न चाहन्छौं। स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरूको समेत सहभागीता रहने छ। यो खालको व्यक्तित्वलाई ल्याएर नेपाल शान्तिको प्रतिक हो र नेपालले विश्वलाई शान्तिको दिशा दिन सक्छ भन्ने सन्देश हामी दिन चाहन्छौं। अहिलेको स्थितिमा शान्तिको सन्देश प्रवाह गरेर सबैलाई मध्यमार्गी बाटो देखाउन सक्ने भनेको लुम्बीनी र बुद्धको सन्देश हो। नेपालको सन्देश अहिंसा र शान्ति नै हो। हाम्रो उद्देश्य पनि यही नै हो।

यसले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्‍याउने भयो है?

मार्टिन ह्याङ प्यानलिस्ट हुनुहुन्छ। वी इम्याजिनिङ नेपाल्स टुरिजम थ्रु लुम्बिनी नामक प्यानल डिस्कर्शनमा काठमाडौं विश्व विद्यालयका प्रोफेसरले मोडिरेट गर्नु हुनेछ। हामीले विगत दुई तीन वर्षदेखि लुम्बिनीमा कसरी पर्यटन बढाउन सकिन्छ भन्ने विषयमा काम गर्दा चाइनामा रहेको एउटा पालिका स्तरको गुम्बामा २० बुद्धिस्ट जानुहुन्छ। नेपालमा बुद्धको जन्मस्थलमा एक लाख पर्यटक आउँदा हामी धेरै मानिस आए भनेर खुसी हुन्छौं। हामी कहाँ छौं त? हामीले एक लाखलाई एक करोड पु¥याउन सक्नु पर्यो नी।

भन्नलाई त यति ल्याउँछौं भन्न सजिलो छ। तर, वास्तवमै कसरी ल्याउने भनेर हामीले आठ वटा चीनका ट्राभल कम्पनीसँग कुरा ग¥यौं। त्यसबाट हामीले विगत आठ वर्षदेखि एउटै आइडिनरीमा सबै जना घुमिरहेका रहेछन्। पर्यटक आउँछन्। तस्बिर खिचेर जान्छन्। हामीले दिनुपर्ने भाइब्रेसन दिन सकेका छैनौं। त्यो भाइब्रेट यहाँका स्थानीय समूदायले दिनुपर्छ। काठमाडौंमा जति हल्ला गरे पनि यहाँकै मानिसले लुम्बिनी आउनेहरुलाई भाइब्रेट लिने हो। आतिथ्यता गराउने हो। ट्राभल र टुरिजम बढाउन हामीले ट्राभल कम्पनीलाई पनि बोलाएका छौं। उनीहरूले अप्रत्येक्ष रुपमा एक लाख मानिस ल्याएका छन्। त्यसैले उनीहरूलाई भेटेर पर्यटक संख्या थप कसरी बढाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं।

कार्यक्रममा आन्तरिक र बाह्य रुपमा कोको सहभागी हुनुहुन्छ होला?

मैले बाह्य केही व्यक्तिको नाम माथि भने। आन्तरिकमा हामीले धेरैलाई निमन्त्रण दिएका छौं। इन्सेन्ट इन्टेलिजेन्ट र आर्टिफिसियल इन्टेलिजेन्स विषयमा एउटा सेसन रहन्छ। त्यसमा काठमाडौं विश्व विद्यालयका एआई प्रमुखले मोडेल गर्नु हुनेछ। त्यसमा एआईसँग सम्बन्धित विज्ञसँग संवाद हुनेछ। अर्को नेपाल इकोमी पोस्टपेरिटी थ्रु ग्रीन एण्ड फिउचर टेक्नोलोजिज भन्ने सेसन राखेका छौं। यहाँ काठमाडौं विश्व विद्यालयका प्रवक्ताले मोडिरेड गर्नुहुनेछ। नेपालले भरखरै कार्वनको निमावली पास गरेको छ। नेपालले बनबाट एक अरब बीस करोड रुपैयाँ वल्र्ड बैंकबाट पाएको छ। यो खालका नेपाललाई दश/बीस वर्ष नभएर तीन चार महिनामै राम्रो पोजिसनमा लैजान सक्ने बिजसेसका बारेमा कसरी लैजान सक्छ भन्ने विषयमा सम्वाद हुनेछ। अर्को हामीले कृषि सम्बन्धि प्यानल गर्दै छौं। सिफाबी भन्ने चाइनामा रहेको साउद एसियाको सबैभन्दा ठूलो तरकारी बजार हो। यसले वार्षिक २४ बिलियन अमेरिकी डलरको कृषि जन्य उत्पादन बिक्री गर्छ। यो कम्पनीका हेड पनि नेपालमा आउँदैछन्। एग्री गिड नामक एउटा भारतीय कम्पनी पनि छ। यसले १६ करोड किसानको प्लेटफर्म बनाएर उनीहरुले गरेका उत्पादन भारत र अन्य मुलुकमा बिक्री गरिरहेका छन्। त्यो कम्पनी पनि आउदैछ। नेपाल जस्तो कृषि प्रधान देशमा उठ्नु छ भने सबैभन्दा पहिला किसानलाई उठाउनुपर्छ भन्ने मान्यताका साथ हामीले उनीहरुलाई आमन्त्रण गरेका हौं। उहाँहरुको बीचमा रहेर नेपालले के भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा हामीले संवाद गर्न चाहेका हौं। चीनबाट धेरै तरकारी भारत जान्छ, त्यसमा नेपालले के भूमिका निभाउने? भारतबाट चाइना जान्छ, त्यसमा नेपालको कस्तो भूमिका हुने? कुरालाई मध्यनजर गर्दै निर्यातमा फोकस हुन सके नेपालले राम्रो गर्न सक्छ भन्ने हाम्रो बुझाई हो। यसले सबै किसानलाई राहत हुन्छ। प्रधानमन्त्री इथोपियासँग एउटा प्यानल राखेका

प्रकाशित: Dec 07, 2025| 22:15 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई [अन्तर्वार्ता]

बैदेशिक रोजगार विभागको वेबसाइटमा भएका सूचनालाई आधिकारिक मानेर त्यसैअनुसारका मेनपावर एजेन्सी छान्ने, आफ्नो रुचि अनुसारको देश र काम छान्नुपर्छ। कतिपय सामाजिक सञ्जालहरूमा आउने आकर्षक विज्ञापनहरूमा...