बिहीबार, साउन १४, २०८३

सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२

सर्लाही। सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए। प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका – ११, हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: Dec 05, 2025| 19:03 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्