बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशलाई पर्यटनको उच्च स्तरमा पुर्‍याउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ : निर्देशक लामिछाने

देशलाई पर्यटनको उच्च स्तरमा पुर्‍याउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ : निर्देशक लामिछाने

 |  मंगलबार, मंसिर ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका निर्देशक मणिराज लामिछानेले दिगो पर्यटक र बढि पर्यटनको लाभको लागि फोटो पत्रकारिताको ठूलो भूमिका रहने बताएका छन्।

National life

मंगलबार पोखरामा आयोजित पर्यटक फोटो पत्रकारिता तालिम कार्यक्रममा बोल्दै उनले एउटा फोटोले हजारौं शब्द बोल्ने भएकाले फोटो मार्फत देशलाई पर्यटनको उच्च स्तरमा पुर्याउन सकिने धारणा राखे।

उनले भने,‘अब आउने पर्यटकहरु दिगो होस् साथै बढि भन्दा बढि पर्यटनको लाभ लिन सकियोस् भन्ने विषयमा यो फोटो पत्रकारिताको ठूलो भूमिका रहन्छ। अहिले सामाजिक सञ्जाल एकदमै शक्तिशाली भएको छ। यो समयमा तस्बिरले हजारौं शब्द बोल्छ,नेपालमा मात्र नभई विश्वभर यहाँहरुले खिच्ने फोटो शसक्त भइदियोस्।फोटो मार्फत पनि देशलाई पर्यटनको उच्च स्तरमा पुर्याउन सकिन्छ।’

नेपाल पर्यटन बोर्ड र यूएनडिपीको सहकार्य तथा नेपाल पत्रकार महासंघ कास्की र राष्ट्रिय फोटो पत्रकार समुह कास्कीको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समुह नेपालको आयोजनामा पोखरामा जारी पर्यटक फोटो पत्रकारिता तालिमको आज पहिलो दिन हो।

Shivam cement

प्रकाशित: Nov 25, 2025| 19:37 मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्