काठमाडौं । नायिका प्रियङ्का कार्कीसँग रोमान्टिक अवतारमा देखिएका यी ह्याण्डसम हिरो हुन् दाङका नरेश रेग्मी। ह्याण्डसम नरेशसँग प्रियंका भिडियोमा गज्जबले खुलेकी छिन्।
माया प्रेम र रोमान्सले भरिएको तिम्रै हुँ म बोलको भिडियोलाई यो समाचार तयार पार्दासम्म साडे ४ लाख बढी दर्शकले हेरिसकेका छन्। नरेश स्वयमको स्वर रहेको गीतमा प्रियंका र नरेश दुवैले निकै मेहेनत गरेको देखिन्छ।
नेपाल आएको मौकामा नरशले हरेक वर्ष भिडियो निर्माण गर्ने गर्छन्। प्रवासमा बस्दै आएका गायक तथा मोडल रेग्मीले प्रवासीको कथालाई पनि भिडियोमा समेटेका छन्।
एनआर क्रियशनले बजारमा ल्याएको तिम्रै हुँ ममा वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको छ भने भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन्। नायिका कार्कीकाले यो गीतमा आफ्नो अघिल्ला भिडियोहरूभन्दा फरक शैलीमा अभिनय गरेकी छन्।
संगीतकार प्रकाश गायक तथा मोडल नरेशका सहोदर दाजु हुन्। लामो समय काठमाडौँ बसेर संगीतमा संघर्ष गरेका प्रकाश अहिले दागंमा छन्।
त्यस्तै निर्देशक मौसम हिमालीले पनि भिडियोमा नरेश र प्रियंकाको जोडीलार्य रियल देखाउन खुबै मेहेनत गरेको देखिन्छ। म सास बन्न पाए तिम्रो मुटुसम्म पुग्थे बोलको गीतबाट चर्चामा आएका गायक रेग्मीले पछिल्ला वर्षहरूमा निरन्तर नयाँ गीतहरू सार्वजनिक गर्दै आएका छन्।
यसपटक नरेशले भिन्न स्वाद र शैलीमा तयार पारेको तिम्रै हुँ म टिकटक र रिल्समा पनि खुबै रुचाइएको छ। जसले युवा पुस्ताको मन जितेको गायक नरेश बताउँछन्। दाङमा जन्मिएका रेग्मी सानै उमेरदेखि संगीतप्रेमी हुन्।
दुई दशकदेखि सांगीतिक यात्रामा सक्रिय उनले दर्जनौं गीतमा स्वर दिईसकेका छन् र विभिन्न म्यूजिक भिडियोमा अभिनयसमेत गरेका छन्। हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका रेग्मीले विदेशमा रहे पनि हरेक वर्ष मातृभूमि र युवा पुस्ताको भावनासँग जोडिएका गीतहरू सार्वजनिक गर्दै आएका छन्। ‘तिम्रै हुँ म’ को म्यूजिक भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत श्रोतामाझ उपलब्ध छ।