बिहीबार, जेठ २८, २०८३

बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटना, ३० जना घाइते

 |  शनिबार, कात्तिक १५, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०८२

बाजुरा । बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेका छन्। कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन्। 

National life

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बसमा चालकसहित २६ जना सवार रहेको २५ जना घाइते भएका हुन्। घाइतेहरुको सबैको अवस्था सामान्य रहेको बुझिएको छ। शनिबार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्थामा बस दुर्घटना भएको हो। 

कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटनामा परेको हो।
त्यस्तै सदरमुकाम मार्तडीबाट बुढिनन्दा नगरपालिका कोल्टी जाँदै गरेको जीप दुर्घटनामा परि पाँच जना घाईते भएका छन्। शनिवार दिउँसो बुढीनन्दा नगरपालिका १० पाण्डुसैन नजिकै जीप दुर्घटनामा परेको हो।

जिप दुर्घटनामा परि चालक तुलाराम चदारासहित बडीमालिका–७ का जयराज जोशी, शंकर जोशी, बुढिनन्दा नगरपालिका १ का सेते ल्वार ३ का जयलाल विक र जंगविर सार्की घाईते भएका हुन्।

Shivam cement

चालकसहित ६ जना यात्रु सवार भे १ च ७८७ नम्बरको जीप एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुको हात, खुट्टा, टाउको सहित शरीरका विभिन्न ठाउँ चोट लागेको छ भने सबै जनाको अवस्था सामान्य रहेको छ।
 

प्रकाशित: Nov 01, 2025| 18:51 शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्