शुक्रबार, साउन १५, २०८३

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

 |  शुक्रबार, कात्तिक १४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०८२

चितवन- नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो।

बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन्। पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए।

प्रकाशित: Oct 31, 2025| 10:21 शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्