शुक्रबार, साउन १५, २०८३

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

 |  शुक्रबार, कात्तिक १४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०८२

चितवन- गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। 

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ। घाइते सबैको अवस्था सामान्य छ।  

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ। 

प्रकाशित: Oct 31, 2025| 07:57 शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्