बिहीबार, जेठ २८, २०८३

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

 |  मंगलबार, कात्तिक ११, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०८२
National life
Shivam cement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो। 

यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आइरहेको थियो। अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उडड्यन सेवा यथावतै रूपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो।

यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: Oct 28, 2025| 19:46 मंगलबार, कात्तिक ११, २०८२
प्रतिक्रिया दिनुहोस्