मंगलबार, पुस १, २०८२

झापामा राति ९ बजेसम्ममात्र देउसी–भैलो खेल्न पाइने

 |  बिहीबार, असोज ३०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ३०, २०८२

विराटनगर । तिहारको अवसरमा खेलिने देउसी–भैलो झापामा राति ९ बजेसम्ममात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको कारण देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेपछि नगर्न अनुरोध गरिएको छ।

National life

जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वहरू शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेका छन्। उनले चाडपर्व मनाउने क्रममा समाजमा शान्ति, अमनचयन र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

चार्डपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ। सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवातास र डाइस खेल नगर्न, आतंक सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ।

त्यसैगरी, प्लास्टिकका फूलमाला प्रयोग नगरी प्राकृतिक फूल र माला प्रयोग गर्न, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना नगर्न र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा अरूको मर्यादामा आघात पुग्ने, घृणा वा अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न अनुरोध गरिएको छ। त्यस्तै, कुनै अवाञ्छित गतिविधि वा समस्या देखिएमा नजिकको प्रहरी इकाइमा वा प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८५२६७१५५५ मा सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ।

Laxmi sunrise bank
kumari

Photo-(2)-1760621085.jpg
 

प्रकाशित: Oct 16, 2025| 19:10 बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्