मंगलबार, पुस १, २०८२

तिल्केनी–सिमलगोलाई सडक सञ्चालनमा

 |  बुधबार, असोज २९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २९, २०८२

फिक्कल (इलाम) । मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालनमा आएको छ।

National life

सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो।

उक्त सडकमार्फत साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए। 'ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,' उनले भने, 'आज साँझदेखि साना सवारीसाधन परीक्षणका रुपमा सञ्चालन गरिएको छ।' उनका अनुसार जोगमाई खोलामा १० वटा ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट तीन टुक्रा खोलामा विच्छ्याएर पानी कटाइएको छ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी– सिमलगोलाई सडकखण्ड छनोट गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए। त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको हो।

१२औँ दिनमा वैकल्पिक सडक सञ्चालन गर्न गरिएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा झर्ने यात्रु र यातायात व्यवसायीलाई सहज भएको छ। इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालका लागि प्रमुख विकल्प मानिएको हो।

Laxmi sunrise bank
kumari

ठूला तथा मालबाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताउनुभयो। तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत १२ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको थियो।

प्रकाशित: Oct 15, 2025| 20:10 बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्