बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

 |  मंगलबार, असोज २८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २८, २०८२

काठमाडौं। गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रश्तुती दिने भएका छन्। त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन्।

National life

अमेरिकाका बिभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ। थापा पहिलोपटक अमेरिका गएका हुन्। थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ।

उनले न्यूयोर्क बाल्टिमोड, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ।

दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन्। साथै पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ।

अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ। आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ।

kumari

आयोजक मध्येका एक रोशन पुरीका अनुसार पहिलोपटक अमेरिकामा रहेका नेपालीहरु माझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए।

कार्यक्रम मध्ये नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुती रहने आयोजकले बताइएको छ। मेलिनाले भिडिओ सन्देश दिँदै नोभेम्बर १ मा भेटौं पनि भनेकी छिन्।

प्रकाशित: Oct 14, 2025| 18:55 मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्