शुक्रबार, असोज २४, २०८२

तमोर कोरिडोर सडक सञ्चालनमा

 |  बिहीबार, असोज २३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २३, २०८२

पाँचथर। गत शनिबारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक आजदेखि सञ्चालनमा आएको छ। पाँचथर–धनकुटा सीमामा अवस्थित नावा खोलामा सडकको ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो। 

Kumaribank

सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बाटोमा रोकेर राखिएका सवारी र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन्। विशेष पुल नभएका खोलामा सडकको अवरोध हटाउन समय लागेको हो। 

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले कोरिडोर सडकमा मुख्य अवरोध रहेको नावा खोलामा बाढीपहिरो पन्छाउने काम सकिएसँगै आज दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी दिए। तमोर कोरिडोर सडक योजना कार्यालयसहितका निकायले सोमबारदेखि नै उक्त सडकमा झरेको पहिरो पन्छाउने तथा बाढीले भत्काएका स्थानमा सडक निर्माणको काम गरिरहेका थिए।

गत शनिबार र आइतबारको वर्षाका कारण पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मेची राजमार्ग अवरुद्ध बनेको छ भने पाँचथर–ताप्लेजुङलाई सुनसरीको धरानसँग जोड्ने तमोर कोरिडोर सडक अवरुद्ध थियो। तमोर कोरिडोर सडक खुलेपछि इन्धनसहितका अत्याश्यक सामग्री ढुवानी हुने प्रजिअ पोखरेलले जानकारी दिए।

मेची राजमार्गको इलामको राजदुवाली क्षेत्रमा मात्रै अवरोध बाँकी छ। राजमार्ग अवरुद्ध भएपछि इलाम–फिदिम खण्ड बुधबारदेखि एकतर्फी सञ्चालनमा आएको छ भने माइखोला–जोरकलश खण्ड सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। 

Metro Mart

प्रकाशित: Oct 09, 2025| 21:31 बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्