शुक्रबार, पुस १८, २०८२

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

 |  सोमबार, असोज २०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असोज २०, २०८२

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१२ बुधुककी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

National life

प्रसव पीडामा रहेकी २४ वर्षीया लिम्सा थाम्सुहाङलाई नेपाली सेनाको २१ नम्बर वाहिनी अड्डा झापाको हेलिकप्टरले आज मध्याह्न उद्धार गरेको हो। थाम्सुहाङलाई झापाको बी एन्ड सी अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। यहाँबाट सदरमुकाम ल्याउन सडक अवरुद्ध छ।

फिदिम नगरपालिका–१ र ११ को सीमास्थित फेमे खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि फिदिम नगरपालिका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिका–३ देखि ८ को सडक सम्पर्क विच्छेद भएको छ।

गत वर्ष बाढीले फेमे खोलाको फलाँटेस्थित पक्की पुल बगाएपछि डाइभर्सनबाट सवारीसाधन आवतजावत गर्दै आएका थिए। शनिबार राति बाढीले उक्त डाइभर्सनसमेत बगाएपछि प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्न थालेको छ।

Laxmi sunrise bank

प्रकाशित: Oct 06, 2025| 16:43 सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्