शुक्रबार, जेठ २९, २०८३

नेपालबाट मनसुन बाहिरिन सुरु

 |  सोमबार, असोज २०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असोज २०, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ।

National life

आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको विभागले आज एक ‘बुलेटिन’ जारी गरी जनाएको छ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ।

Shivam cement

प्रकाशित: Oct 06, 2025| 16:34 सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्