शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

 |  शनिबार, असोज १८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असोज १८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ।

National life

अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो।

महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चारवटा विद्यालयमा सारिएको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको छ।

महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) को व्यवस्था गर्न सकिने जनाएको छ । उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ।

महानगरले  कुनै समस्या परेमा १६६००१०५५११,  ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ। 

Shivam cement

प्रकाशित: Oct 04, 2025| 21:31 शनिबार, असोज १८, २०८२
प्रतिक्रिया दिनुहोस्