शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न सरकारको अनुरोध

निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न सरकारको अनुरोध

 |  शनिबार, असोज १८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असोज १८, २०८२

काठमाडौं । सरकारले निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै वायु सेवा सञ्चालक संघलाई पत्राचार गरेको छ।

शनिबार गृह मन्त्रालयले वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिन अनुरोध गरेको हो। लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौताबमोजिम भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्नका लागि हेलिकप्टरहरूलाई तयारी अवस्थामा राख्न गृहले आग्रह गरेको हो।

552673236_1322803142586697_6194373465556640948_n_jIlRN9Fvrp-1759583020.png
 

प्रकाशित: Oct 04, 2025| 18:50 शनिबार, असोज १८, २०८२
प्रतिक्रिया दिनुहोस्