शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

 |  शुक्रबार, असोज १७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १७, २०८२
National life
Shivam cement

काठमाडौं । महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।

सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र ४० जना घाइते भएका थिए।

यस्तै नेपाली सेनाले कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव आज उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ। सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको फौजले अन्य सुरक्षा निकाय तथा स्थानीयको ती व्यक्तिलाई मृतअवस्थामा फेला परेको थियो।

प्रकाशित: Oct 03, 2025| 20:32 शुक्रबार, असोज १७, २०८२
प्रतिक्रिया दिनुहोस्