शुक्रबार, जेठ २९, २०८३

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता

 |  मंगलबार, असोज १४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १४, २०८२

भक्तपुर । यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन्।

National life

घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन्। त्यसरी बाजा बजाउँदै जानेआउनेको समूहले रात गुञ्जयामान हुने गरेको छ। नेवारी पोसाकमा सजिएका उनीहरुले टोलटोलबाट धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन्।

घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन्। मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन्।

धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आउनुभएकी प्रतिमा श्रेष्ठले भने, 'बाजा बजाउँदा आनन्द आउँछ। यो हाम्रो पूर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुदैन भन्थे, अहिले त्यस्तो छैन। त्यसैले बाजामा आकर्षित भएको हुँ।'

बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ। 'पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ', बाजा टोलीमा झ्याली बजाउँदै आउनु भएकी सुनिता खर्बुजाले भन्नुभयो। बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरुमा बाजा बजाउन थालेको उनले बताए।

Shivam cement

भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लापोन्मुख बाजाहरुको संरक्षण हुनेमा ढुक्क भएको बताए।

प्रकाशित: Sep 30, 2025| 16:44 मंगलबार, असोज १४, २०८२
प्रतिक्रिया दिनुहोस्