बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रसिद्ध ज्योतिष अधिकारीले चेपाङ बस्तीमा बाँडे राहत

प्रसिद्ध ज्योतिष अधिकारीले चेपाङ बस्तीमा बाँडे राहत

 |  बुधबार, असोज ८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज ८, २०८२

चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्। 

National life

विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन्। पूर्वीचितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो। 

लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषीय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका अधिकारीले दसैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए। 

पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए। 

विन्दु सिंजाली थापा मगरले संचालन गरेको कार्यक्रममा अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको बताए। अधिकारी भन्छन्,‘मैले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइनँ। यो कल्पनाभन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शुन्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भएको छ।'

Laxmi sunrise bank

प्रकाशित: Sep 24, 2025| 11:08 बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्