शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • १८औँ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न

१८औँ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न

 |  बुधबार, असोज ८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज ८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।बैंकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी गरी सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका कर्मचारी र शुभेच्छुक गरी ४६३ जनाले रक्तदान गरेका छन्।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता र प्राविधिक टोलीलाई धन्यवाद व्यक्त गर्दै मानवजीवन रक्षामा सहयोग पुग्ने खालका कार्यक्रम आयोजना गर्न पाउनुमा खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि प्राइम कमर्सियल बैंक सामाजिक उत्तरदायुक्त कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्राइम कमर्सियल बैंकले आफ्नो वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

प्रकाशित: Sep 24, 2025| 10:45 बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्