बुधबार, जेठ २०, २०८३

निसर्ग हस्पिटलले सुरु गर्यो ‘टेलीमेडिसिन सेवा’

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

धनगढी- धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ। 

National life

मुलुक संघीयतामा प्रवेश गरे पनि सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक अझै पनि विशेषज्ञ डाक्टरको सेवाबाट बञ्चित रहेको अवस्थामा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ।  

सुदूरपश्चिममै पहिलोपटक सञ्चालनमा ल्याएएको टेलिमेडिसिन सेवामार्फत  विशेषज्ञ चिकित्सकले सातवटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा. मिराज आलम अन्सारीले जानकारी दिए।

सोमबारदेखि बझाङबाट  ‘टेलीमेडिसिन सेवा’ सुरु गरिएको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले बताए। उनले छिट्टै अन्य जिल्लामा पनि सेवा विस्तार गरिने जनाए। 

जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको अध्यक्ष पन्तले जानकारी दिए।  ‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुल्क लाग्ने छैन।

Shivam cement

‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि पहाडी जिल्लाबाट धनगढीलगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ। 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयकाअनुसार प्रदेशमा अहिलेसम्म कुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन्। 

सेती प्रादेशिक अस्पतालमा सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन। निजी तथा सरकारी स्तरबाट प्रदेशमा‘टेलीमेडिसिन सेवा’ सञ्चालनमान भएकाबेला निसर्ग हस्पिटलले थालनी गरेको हो।

प्रकाशित: Aug 17, 2021| 07:07 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।