आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्रम्पका सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या

ट्रम्पका सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ। अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो।

किर्कलाई अमेरिकी राष्ट्रपति ट्रम्पको नजिकको सहयोगी मानिन्थ्यो। उनी अमेरिकाभरि विभिन्न क्याम्पसमा बहस कार्यक्रम सञ्चालन गर्ने कारणले परिचित थिए। ट्रम्पले लेखेका छन्- 'महान र प्रख्यात चार्ली किर्क अब रहेनन्। अमेरिकाका युवाहरूलाई चार्लीले जत्तिको कसैले बुझेन र माया गरेन।'

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चार्ली पालमुनि माइक समातेर बोलिरहेको देखिन्छ। त्यसपछि अचानक उनको घाँटी नजिकै गोली लाग्यो, उनी धेरै रगत बगेर भुइँमा ढलेका थिए।

प्रसिद्ध राजनीतिक कार्यकर्ता चार्लीले टर्निङ प्वाइन्ट युएसए नामक संस्था चलाउने गर्थे, जसमा उनी स्कूल र कलेजहरूमा गएर विद्यार्थीहरूलाई राजनीतिको बारेमा बताउथे। उनलाई ट्रम्पको कट्टर समर्थक पनि मानिन्थ्यो। आक्रमणकारी को थियो र उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन।

kumari

प्रकाशित: Sep 11, 2025| 08:19 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्