शुक्रबार, भदौ ५, २०८३

नेकपा एमालेले बोलायो स्थायी कमिटी र संसदिय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको स्थायी कमिटी र संसदिय दलको बैठक बोलाएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको स्थायी कमिटी र संसदिय दलको बैठक बोलाएको छ।

पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल गर्न एकैदिन स्थायी कमिटी र संसदिय दलको बैठक बोलाइएको हो। 

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बिहान ११ बजे स्थायी कमिटीको बैठक र दिउँसो २ बजे संसदिय दलको बैठक बस्न लागेको उनले बताए।

दलको बैठकमा उपस्थित हुन नेकपा एमालेका १२१ जना सांसदलाई नै खबर गरिएको छ। दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ। 

उता स्थायी कमिटी बैठक भने पार्टी अध्यक्ष केपिशर्मा ओलिको निवास बालकोटमा बस्न लागेको नेताहरूले बताएका छन । सरकारले संसदको चालू अधिवेशन अन्त्य गरेर राजनीति दल विभाजन सम्बन्धि संसोधन अध्यादेश ल्याउन लागेको चर्चाबिच एमालेले आन्तरिक छलफल गर्न लागेको हो। 

एमाले विभाजन गराउन कै लागि अध्यादेश ल्याउन खोजिएको भन्दै एमालेले त्यसो गरिए स्वीकार्य नहुने प्रतिक्रिया दिई सकेको छ। सोमबार राती बालकोट स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूसित आन्तरिक छलफलपछि अध्यक्ष ओलिले अपिल जारी गर्दै एमाले विभाजन गराउन खोजिएको भन्दै पार्टी एकतामा गम्भीर हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलापछी नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा छ। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह असन्तुष्ट छ। एमाले विवाद समाधानका लागि गठित कार्यदलले असार २७ मा दस बुंदे सहमति गरेको थियो। तर, उक्त सहमतिमा माधव नेपाल नै राजी नभएपछि विवाद समाधान हुन सकेको छैन। संस्थापन पक्षले भने सहमति कार्यान्वयन गर्दै अनुमोदन गरिसकेको छ।

प्रकाशित: Aug 17, 2021| 07:01 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...