शुक्रबार, मंसिर १२, २०८२

भाद्र १६ देखि  सुदूरपश्चिम गौरा महोत्सव हुने

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

धनगढी । गौरा पर्वको अवसरमा भाद्र १६ गतेदेखि धनगढीको खुला मञ्चमा सुदूरपश्चिम गौरा महोत्सवको १०औं संस्करण सुरु हुने भएको छ।

National life

डेउडा प्रतिष्ठानको आयोजनामा हरेक वर्ष हुने यो महोत्सव यस वर्ष पनि सञ्चालन हुने डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत बहादुर रावत डोटेली कान्छाले बताए। 

धनगढीको खुला मञ्चमा ३ दिनसम्म सञ्चालन हुने सुदूरपश्चिम गौरा महोत्सवमा, भिन्न समुदायका झाँकी, चर्चित डेउडा गायक गायिकाको  डेउडा दोहोरीसँगै विद्यालय स्तरीय डेउडा प्रस्तुति रहने अध्यक्ष रावतले बताए।

काली-कर्णालीको पहिचानको रुपमा रहेको डेउडालाई देशबिदेशमा प्रचारप्रसारसँगै यस क्षेत्रको पर्यटन प्रबर्द्धन र भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा रहनसहनको प्रचार प्रसार एवं  युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै पुस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष गौरा पर्व २०८२ को अवसर पारी आयोजना हुने सुदूरपश्चिम गौरा महोत्सवमा कुनै शुल्क नराखिएको आयोजकले जनाएको छ।

प्रकाशित: Aug 26, 2025| 20:03 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्