बुधबार, पुस १६, २०८२

बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

National life
Laxmi sunrise bank

बाजुरा- बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन्।
 
माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए।

खवर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए।

उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए।

प्रकाशित: Aug 26, 2025| 12:27 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्