शुक्रबार, भदौ ५, २०८३

पार्टी बैठकमा भाग लिई विभाजनविरुद्ध एकजुट हुन ओलीको अपिल

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीका बैठकमा भाग लिई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीका बैठकमा भाग लिई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन नेता–कार्यकर्तालाई अपिल गरेका छन्। सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सुइँको पाएपछि ओलीले सोमबार राति यस्तो अपिल जारी गरेका हुन्।

उनले पार्टीलाई अनुशासित, एकतावद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चिन गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई आह्वान गरेका छन्। ओलीले भनेका छन्, ‘पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफू सम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु।’ 

ओलीले एमाले र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको दाबी गरेका छन्। उनको अपिलमा उल्लेख छ, ‘पूर्व घोषित प्रतिबद्धताविपरीत प्रतिनिधिसभाको चालू अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ। एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन।’  

‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु। सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु।’

ओलीले पार्टीको भूमिका यतिबेला सत्ता पक्षबाट प्रतिपक्षमा परिवर्तित भएको भन्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न सबै कार्यकर्ताहरूलाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्न पनि अपिल गरेका छन्। 

ओलीले पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने औंल्याएका छन्। उनले भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु। सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु।’ उनले पार्टीलाई अनुशासित, एकताबद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई आह्वान गरेका छन्। 

अध्यक्ष ओलीले सुल्झिएको विचार, सुदृढ संगठन र फराकिलो जनाधारसहितको एकताबद्ध एमालेको नेतृत्वमा मात्रै संविधानको रक्षा र कार्यान्वयन गर्न सकिने दाबी गरेका छन्। उनले लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियताको रक्षा गर्न र मुलुकलाई सुशासन तथा समृद्धिको दिशामा अगाडि बढाउन पार्टी एकताको रक्षाका लागि गरेको अनवरत प्रयासका बारे पनि स्मरण गरेका छन्।

ओलीले भनेका छन्, ‘ २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिस्ट पार्टीलाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेका थियौं। त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विराससहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रह्यौं।’ यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको तथ्य पनि ओलीले स्मरण गराएका छन्।

उनको वक्तव्यमा उल्लेख छ, ‘कार्यदलका तर्फबाट असार २८ गते उक्त प्रस्ताव प्राप्त भइसकेपछि मैले सोही दिन त्यसलाई ग्रहण गरेको थिएँ। त्यसैअनुरुप २०७८ साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।’ 

‘मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु।’

अध्यक्ष ओलीले अब पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्थाबमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी रहेको बताएका छन्। 

यसबीचमा विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यहरुलाई सुझाव पठाउन निर्देशन गरिएको ओलीले जानकारी गराएका छन्। उनले भनेका छन्, ‘मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु।’

ओलीले जनताको वहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतन्त्रिकरणको मर्मअनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने स्पष्ट पारेका छन्। ‘विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक आग्रह गर्दछु’, ओलीको वक्तव्यमा उल्लेख छ। 

प्रकाशित: Aug 16, 2021| 23:10 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...